टाटा मोटर्सको भ्यालेन्टाइन -डेमा आकर्षक उपहारहरु

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङले भ्यालेन्टाइन -डेलाई लक्षित गर्दै ‘एक्सचेन्ज विद् लभ’ कार्यक्रम ल्याएको छ ।

आजबाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सनइभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिनेछ ।

यस ‘एक्सचेञ्ज वीद’ लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, नि:शुल्क रुपमाइभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु रहेको छ ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे – भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगंज र जे. बि. मोटर्स् बालकुमारी र उपत्यकाबाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपालगंज, नारायणघाटमा रहेको एस एचमोटर्सलगायत नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *