बर्दघाट–सुनवल बजारमा फागुनभित्रै कालो पत्रे गरिने

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रुपमा समयसिमा चाहियो भनेर प्रश्न गरे ।

उक्त प्रश्नको जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने जानकारी दिए ।

सांसद चौधरीले यो कुरा कार्यान्वयन गर्नका लागि दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्र लाई निर्देशन दिए ।

चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिवद्धता जनाएका छन् ।

‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु । काम पुरा भएन भने तपाईँहरूमाथि कार्वाही गरिनेछ, सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिदै भनें, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् ।

अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *