सात सयभन्दा बढी एम्बुलेन्स जिपिएस प्रणालीबाट सञ्चालन

काठमाडौँ । देशभर ७ सय भन्दा बढी एम्बुलेन्स जिपिएस प्रणाली (जियोलोजिकल पोजिसिनिङ सिस्टम ) बाट सञ्चालन भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ महिनाको अवधिमा ७ सय बढी एम्बुलेन्स सेवा जिपिएस प्रणालीबाट सञ्चालन भएका हुन् ।

यो प्रणाली मार्फत बिरामी वा सेवाग्राहीको नजिक रहेको एम्बुलेन्सको सेवा प्राप्त गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

सेवाग्राहीलाई जतिसक्दो छिटो एम्बुलेन्स सेवा उपलब्ध गराउनका लागि जिपिएस प्रणाली ल्याइएको उनले बताए ।

सो सेवा मार्फत सञ्चालित एम्बुलेन्स सेवा लिनका लागि १०२ नम्बरमा फोन गर्न सकिन्छ ।

देशभर २ हजार ५ सय बढी एम्बुलेन्स सेवा सञ्चालन रहेका छन् ।

ती सबै एम्बुलेन्स सेवालाई जिपिएस प्रणालीमा ल्याउनका लागि प्रयास भइरहेको बुढाथोकीले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *