नेपालमा रिलायन्स ग्रुपअन्तर्गत ऋषि ट्रेड सेन्टरले जीहो ब्रान्डका एई८ मोडल स्कुटर बिक्री गर्दै आएको छ ।
साथै उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो ।
जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण छ ।
जीहो एई८ ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कुलिङ मोटरद्वारा संचालित छ ।
यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ ।
यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरेको छ ।
उक्त स्कुटरको पावरमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइकसँग तुलना गर्न सकिने सो स्कुटरले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।
एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ । यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई६ मा मात्र उपलब्ध रहेको छ ।
सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दावी रहेको छ ।
कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपालमा ल्याएको छ ।
व्यस्त जीवन र महँगिएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।
यसमा जीहो राइड एप्स, किलेस डिजाइन (एनएफसी कार्ड), एन्टी–थेफ्ट सिस्टम, हिल असिस्टेन्स, १८ फरक कलर स्ट्यान्स सहित क्रुज कन्ट्रोल समेत दिइएको छ ।
यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ ।
सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।
एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, टप स्पिड ८० किलोमिटर प्रतिघण्टा, ह्विल पावर १६० एनएम रहेको छ ।
ड्युअल डिस्क थ्री पिस्टन क्यालिपर, सिंगल सस्पेन्सन रियर, फ्रन्टमा प्रिलोड एड्जस्टमेन्ट सहितको ड्युअल टेलिस्कोपिक सस्पेन्सन र ५ प्रतिशत रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ, जसको फलस्वरुप प्रयोगकर्ताले अधिकतम ७० देखि ९० किलोमिटर पर चार्जमा रेन्ज पाउन सक्नेछन् ।
कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बैंकसँग सहकार्य गरेको छ ।
उक्त मोडलको नक्साल स्थिति सीएफ मोटोको शोरुममा टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिनेछ ।