Skip to content
टाटा मोटर्स बजार पुँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कार निर्माता बनेको छ ।
कम्पनीले विगत ७ वर्षदेखि शीर्ष स्थानमा रहेको मारुती सुजुकीलाई उछिनेको हो ।
भारत स्टक एक्सचेन्जमा टाटा मोटर्सको सेयर २.१९ प्रतिशत बढेर ८५९.२५ भारुमा बन्द भएको थियो ।
टाटा मोटर्सको मार्केट क्याप हाल ३.१५९ लाख करोड पुगेको छ भने दोस्रो स्थानमा रहेको मारुती सुजुकीको ३.१३ लाख करोड छ ।
रिपोर्टका अनुसार तेस्रो त्रैमासिकमा जगुअर ल्यान्ड रोभरको रेकर्ड बिक्रीपछि कम्पनीको स्टक निरन्तर बृद्धि भइरहेको छ ।
रेन्ज रोभर, रेन्ज रोभर स्पोर्ट र डिफेन्डरको होलसेल ६२ प्रतिशत रहेको बताइएको छ ।
Post Views: 465