OMODA E5 गाडी नेपालमा सार्वजनिक

काठमाडौँ, १९ माघ २०८०: विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुऱ्याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपिजि अटोमोबाइल्स प्रा.लि.ले Omoda E5 गाडी नेपालमा सार्वजनिक गरेको छ ।

यसमा ६१ kWh (किलोवाट आवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फोस्फेट ब्लेड ब्याट्री छ, जसले ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।

Omoda E5 गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्क द्वारा सञ्चालित हुन्छ ।

५९ लाख ४९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको यो गाडी अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ ।

एल.इ.डि. प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सुविधा सम्पन्न रहेको छ ।

यसमा विभिन्न ड्राइभर असिस्टेन्स सिस्टम (ए.डि.ए.एस. ADAS) सुविधा पनि रहेको छ ।

जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटा भन्दा बढी अन्य ADAS सुरक्षा सुविधाहरू पर्दछन् ।

यसको बाहिरी एक्स्टेरियरमा, X-आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, T- आकारको डेटाइम रनिङ हेडलाइट सहित अत्याधुनिक र मनमोहक डिजाइन रहेको छ ।

भित्र इन्टेरियरमा विभिन्न रङ्गको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ। जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र सुखद् यात्राको अनुभव प्रदान गर्दछ । यसको अर्को आकर्षण २८ मिनेटमै ३०% बाट ८०% मा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

Omoda E5 को बारेमा

ब्याट्री क्षमता: ६१ kWh

मोटर: 3-in-1 मोटर

ब्याट्री: लिथियम आइरन फोस्फेट ब्लेड ब्याट्री

रेन्ज: ४३० किमि

ग्राउन्ड क्लियरेन्स : १८० मिलिमिटर

Leave a Reply

Your email address will not be published. Required fields are marked *