लुयानको नयाँ शोरुम नागपोखरीमा

विश्व बजारमा जस्तै नेपालमा पनि हालका दिनहरुमा सवारी प्रयोगकर्ताहरु विद्युतीय सवारीसाधनको प्रयोगमा निक्कै आकर्षित भएको अवस्था छ ।

वातावरणीय सन्तुलन र खर्चको हिसाबले पनि सबैको लागि विद्युतीय सवारीसाधनहरु फाइदाजनक भएको कुरा सर्वविधितै छ ।

त्यसैमा पनि शतप्रतिसत आयात गर्नुपर्ने पेट्रोलियम पदार्थले मुलुकलाई सधैं आर्थिक भार थोपरिरहेको अवस्थामा आफ्नै मुलुकको जलस्रोतबाट उत्पादन भएको विद्युतको खपत गर्न पाइने हुनाले पनि नेपालको लागि त झनै फाइदाजनक रहेको छ विद्युतीय सवारीसाधन ।

यसै शिलशिलामा विगत ५ बर्षदेखि जिरो इमिसन राइड (एन) ले ‘देशको उर्जा, देश मै खपत अभियान’ भन्ने मुल नाराका साथ चीनमा निर्मित प्रशिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेको छ ।

राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था मिलाएको छ ।

यसै क्रममा ग्राहकको सुविधा तथा व्यवसाय विस्तारको क्रममा कम्पनीले वुधबारदेखि काठमाण्डौंको नागपोखरीमा नयाँ शोरुम सँचालनमा ल्याएको छ । नागपोखरीबाट उत्तरढोका जाने सडकमा उक्त शोरुम रहेको छ ।

उक्त शोरुमबाट ‘लुयान’ ब्राण्डका विद्युतीय स्कुटरहरुको बिक्रि तथा बिक्रिपछिको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

पाँचौ बर्ष बिशेष बहार
यसै क्रममा कम्पनीले आफ्नो व्यवसायको चौथो बर्ष पुरा गरी पाँचौ बर्षको यात्रामा हिड्दै गरेको अवस्थामा ‘लुयान, पाँचौ बर्ष बिशेष बहार’ स्किम लागु गरेको छ ।

यहि २०८० सालको माघ १७ गते देखि २०८० साल फाल्गुन ३० गतेसम्म लागु हुने यस स्किम अन्तरगत लुयान विद्युतीय स्कुटर खरिद गर्ने हरेक ग्राहकले नगद खरिदमा रु. १५ हजार नगद छुट, एक बर्षको विमा तथा चालु आर्थिक बर्षको कर एवं एउटा गुणस्तरीय हेलमेट फ्रिमा पाउने कम्पनीले जनाएको छ ।

साथै नियमित जसो ६ पटकसम्मको फ्रि सर्भिस तथा वारेन्टी समेत ग्राहकहरुले पाउनेछन् ।

यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिने कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *