अनुगमन गरिएको खण्डका ४ ठाउँमा सडकको बिचमै बिजुलीका पोल भेटिए । ढलको मंगाल भएका कारण १२ ठाउँमा ब्लक राख्न नमिल्ने अवस्था छ ।
ब्लक राख्ने क्रममा २ ठाउँमा डट ब्लक हाल्नुपर्ने ठाउँमा लेन ब्लक हालेको देखियो । यस्तै ४ ठाउँमा उपयुक्त विधिबाट डट ब्लक नराखेको देखियो ।
१० ठाउँमा घरधनीले स्लोप संरचना बनाएर सडक किनारासम्मका लगेको भेटियो । १ ठाउँमा खानेपानीको पाइप सडकमै देखियो ।
यस्ता संरचनाले पैदल यात्रुलाई ठेस लाग्ने, ठोकिने खतरा छ । फुटपाथको सतहभन्दा निकै तल घर संरचना रहेका ५ ठाउँमा पैदलयात्री खस्न सक्ने जोखिम देखिएको छ ।
रेलिङका रूपमा प्रयोग गरिएका फलामे डन्डी हल्लिएको अवस्थामा छन् ।
दुईतर्फी १ किलोमिटर सडक पेटीको ३५ ठाउँमा व्यक्तिगत घर संरचनाका कारण २ मिटर चौडाइ पुग्न सकेको छैन ।
अनुगमन गरिएको ठाउँमा हेर्दा करिब २० प्रतिशत ठाउँमा चौडाइ कम हुने देखिएको छ ।
यस्ता संरचनालाई बलियो जडान गर्न टोलीले निर्देशन दिएको छ ।