अर्थमन्त्री महत लगातार सार्वजनिक मञ्चहरूमा विद्युतीय सवारीलाई कर छुट दिएबापत राज्यकोषमा दाखिल हुने अर्बौँ कर गुमेको बारे बोल्दै समेत आएका छन् ।
तर, यसरी मञ्चहरूमा बोलेर आफूले आगामी आर्थिक वर्षमा कर बढ्ने सङ्केत भने नगरेको उनको भनाई छ । किनकि, अर्थमन्त्री डा. महतकै भनाइमा कर बढ्ने वा घट्ने विषय सङ्केत गर्न मिल्दैन ।
तर विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न भनेर व्यापारीलाई दिएको सहुलियत उपभोक्ताले नपाएको बारे सरकार जानकार उनको भनाई छ ।
‘विद्युतीय सवारीलाई दिएको सहुलियत उपभोक्ताले पनि पाउन पर्यो,’ अर्थमन्त्री महतले भने, ‘सरकारले प्रवर्द्धनका लागि भनेर सहुलियत दिने तर उपभोक्तामा ‘ट्रान्सफर’ नहुने भइरहेको छ ।’
महतका अनुसार उपभोक्ताले विद्युतीय सवारीमा व्यापारीले पाएको फाइदा पाएका छैनन् र व्यापारीलाई समेत स्पष्ट रुपमा यसबारे विचार गर्नुपर्ने देखिएको बताइसकेका छन् ।