तनहुँको देवघाट गाउँपालिका– २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनीट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ ।
दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग.१ख ४१८१ नम्बरको मिनीट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा देवघाट– ३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
ट्रकचालकको खोजी भइरहेको उनले बताए ।
ट्रक दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।