पट्टा भाँचिँदा दाङमा बस दुर्घटना, दुईजनाको मृत्यु

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ –०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका– ९ रिहारनजिकै दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरुवा गाउँपालिका– १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार आइतबार राति दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको शवलाई लमही अस्पतालमा राखिएको छ । अन्य दुईजना घाइते भएका छन् ।

बसमा ४७ जना सवार रहेका थिए ।

बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुईजनाकाे मृत्यु भएकाे  प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *