मारुती सुजुकी कार किन्दा समस्या

चितवनमा नगद हालेर किनेको कार पनि बैंकले लिलामी प्रकृया चाल्दा ग्राहकहरु बिचल्लीमा परेका छन् ।

चितवन, भरतपुर नगरपालिकाको हाकिम चोकमा रहेको मारुती सुजुकीको डिलर जेपी मोटर्सले करिब २५ जना भन्दा बढीलाई बेचेको कारमा यस्तो समस्या परेको हो ।

अधिकाँश ग्राहकले नगदै हालेर कार किनेको भएपनि अहिले नामसारी गर्ने बेलामा बैकले लिलामी प्रकृयाका लागि आफुलाई ताकेता गरेको बताउँछन् पिडित भरतपुर नगरपालिका वडा नं. ७ का टंक थापा ।

आजभन्दा करिब ६ महिना अघि जिल्ला प्रहरी कार्यालय, चितवनमा समेत यस सम्बन्धी उजुरीहरु दर्ता गरिएको पिडितहरुको भनाई छ ।

तर पनि समस्या समाधान नभई उल्टो बैंकले लिलामी प्रकृयामा लैजानुले आफुहरु निक्कै मर्कामा परेको पिडित रत्ननगर नगरपालिका वडा नं. ८ का धर्मराज पाठक बताउँछन् ।

हाल फरार भएका उक्त शोरुमका संचालकहरु प्रतिक श्रेष्ठ, देव महतो र अनु महतोलाई पक्राउ गरी यसको समस्या समाधान गर्नुपर्ने पिडितहरुको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *