ट्रिपर दुर्घटना हुँदा मकवानपुरमा एकको मृत्यु

मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा ट्रिपर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रिपरका चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २२ बर्षिय सुकदेव पाख्रिन रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार बिहीबार राति अन्दाजी साढे बाह् बजेको समयमा मकवानपुर गाउँपालिकाको वडा नम्बर १ बादरखोल्सी स्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सी तर्फ जादै गरेको बा।प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

रोडबाट अन्दाजी १५० मिटर तल खसेको ट्रिपरका चालकलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

चालक पाख्रिनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । मृतक पाख्रिनलाई उनको दाजुले पहिचान गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *