कारको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ कारले ठक्कर दिँदा मोटरसाइकलचालकको ज्यान गएको छ।

मृत्यु हुनेमा हुप्सेकोट– २ कोलिया बस्ने ४१ वर्षीय धनबहादुर सार्की छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२९ च ०२४८ नम्बरको कारले अर्कोतिरबाट आउँदै गरेको बागमती प्रदेश १३–०४ प १९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

कावासोती नगरपालिका– ८ खर्कट्टा जंगलमा बुधबार साँझ ६ बजेतिर भएको कारको ठक्करबाट मोटरसाइकलचालक सार्की गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डन्डा पुर्‍याइएको थियो। उपचारकै क्रममा साढे ६ बजे धनबहादुरको ज्यान गएको हो।

मोटरसाइकलको पछाडि बसेकी हुप्सेकोट– १ निवासी विनु गुरुङ गम्भीर घाइते भएकी छिन्।

दुर्घटनालगत्तै कारचालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *