मोटरसाइकल दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु

मोटसाइकल दुर्घटनामा परी  श्रीमानश्रीमतीको मृत्यु भएको छ ।

अछामको पञ्चदेव विनायक नगरपालिका –१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकाल दम्पतीको मृत्यु भएको हाे ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा  दुर्घटना परेको हो ।

अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीकाे  मोटरसाइकल मोहन्याल गाउँपालिका वडा न.७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट   २ सय मिटर तल कर्णाली नदीमा खसेकाे थियाे ।

उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *