Skip to content
छानबिनका क्रममा समितिले नागरिकको विवरणमा गम्भीर खेलबाड गरिएको भेटेको छ ।
एउटै व्यक्तिका नाममा दुईवटा लाइसेन्ससमेत छानबिनका क्रममा भेटिएको छ ।
सवारी लाइसेन्सका लागि लिखित पास गरेर ट्रायलका लागि आएकी एक महिलाको नाममा पहिले नै लाइसेन्स जारी भएकोसम्म भेटिएको छ ।
त्यस्तै, एकजना महिलाको नाममा बसको लाइसेन्स जारी भएको छ ।
उनी नेपालभर बसको लाइसेन्स पाउने एक मात्र महिला रहेको देखिन्छ ।
यसलाई पनि समितिले शंकास्पद भनेको छ । एकजना नेपाल सरकारका पूर्वसचिवका नाममा लाइसेन्स नम्बर छ ।
तर, उनको नाममा अर्कैले लाइसेन्स बनाइसकेकोसम्म पनि भेटिएको छ ।
आपत्कालीन अवस्थाका नाममा गैरकानुनी तरिकाले रकम लिएर लाइसेन्स जारी गरिएको पनि देखिएको छ ।
Post Views: 173