सन् २०२३ को अन्त्यसम्ममा चीनमा उच्च–गतिको रेलवे ट्रयाक ४५ हजार किलोमिटर सम्पन्न भएको यहाँको राष्ट्रिय रेल अप्रेटरले जनाएको छ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ।
रेल क्षेत्रमा चीनको लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो।
सन् २०२३ मा कुल तीन हजार ६ सय ३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन्। जसमा दुई हजार सात सय ७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन्।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, एक सय दुईवटा रेलवे स्टेसनमा सेवाको सुरुवात तथा निर्माणाधीन एक सय १२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ।