उडानका क्रममा विमानको हिस्सा अलग भएपछि

न्यूयोर्क । अलास्का एयरलाइन्सको विमानको एक हिस्सा उडानको क्रममा अलग भएको घटनापछि अमेरिकी एयरलाइन्सको नियामक संस्था फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले १७१ वटा विमानलाई जाँच अवधिसम्म उडानमा रोक लगाएको छ ।

एफएएका अनुसार यो जाँचमा बोइङ ७३७ म्याक्स ९ का १७१ वटा विमानहरु प्रभावित हुनेछन् ।

युनाइटेड एयरलाइनसले आफ्नो ७९ वटा बोइङ ७३७ म्याक्स ९ विमानमध्ये केहीमा एफएएले जाँच गर्ने तय भएको जानकारी दिएको छ ।

जाँचका लागि विमान सेवाबाट हटाउँदा करिब ६० वटा उडान रद्द हुने सम्भावना रहेको कम्पनीले जनाएको छ ।

यसअघि एफएएले अमेरिकी क्षेत्रमा उडान भर्ने बोइङ ७३७ म्याक्स ९ विमानहरुलाई अस्थायी रुपमा उडानमा रोक लगाउने आदेश जारी गरेको थियो ।

एफएएका अनुसार जाँचबाट गुज्रने हरेक विमानले लगभग चारदेखि आठ घन्टासम्म लाग्नेछ ।

अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा हावाको दबाबमा विमानको एक भाग भाँचियो र विमानबाट अलग भयो। यसका बाबजुद यो विमान सकुशल अवतरण भएको थियो ।

अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *