भारतले कहिले लञ्च गर्दैछ गगनयान ?

नयाँ दिल्ली । भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ ।

भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक राज्यमन्त्री जितेन्द्र सिंहले यस्तो बताएका हुन् ।

यो मिशनलाई भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा लञ्च गर्ने योजना थियो ।

समाचार एजेन्सी पीटीआईसँग कुराकानी गर्ने क्रममा सिंहले भारतले सन् २०२० को डिसेम्बरमा गगनयान लञ्च गर्ने योजना बनाएको भए पनि कोरोना भाइरसको महामारीका कारण मिसन बारम्बार पछाडि धकेलिएको बताए ।

अब इसरोले आफ्नो सारा ध्यान गगनयानमा लगाउने इसरोका प्रमुख सोमनाथ बताएका थिए ।

भारतले गएको वर्ष चन्द्रमामा चन्द्रयान पठाएको थियो । चन्द्रयानलाई सिंहले निकै ठुलो उपलब्धि बताएका छन् ।

सन् १९६९ मा अमेरिकाले चन्द्रामामा मान्छे पठाउँदा भारतको अन्तरिक्ष अन्वेषण संस्था इसरो भर्खरै स्थापना भएको थियो ।

१९६९ को इतिहास हेर्ने हो भने इसरोको नाम कतै पनि सुनिदैंन । तर अहिले त्यही इसरोले भारतलाई चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो देश बनाइदिएको सिंहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *