नाडाको अध्यक्षमा करण चौधरी लगायत सबै निर्बिरोध

काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् ।

साथै, सातै प्रदेशबाट थप १/१ जना संस्थागत सदस्य पनि बनेका छन् , नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।

साधारण सभामा नाडाका अध्यक्ष ध्रुव थापाले नयाँ कार्यसमितिलाई जिम्मेवारी पनि हस्तान्तरण गरेका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन् ।

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका छन्।

नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन् ।

सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएका छन् ।

संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *