नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ४७ औ वार्षिक साधारण सभामा अटो नेपालका प्रकाशक तथा निर्देशक रोशनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशसरण महतको प्रमुख आतिथ्यता रहेको थियो ।
उनलाई नाडाका अध्यक्ष डा. ध्रुव थापाले १६ वर्षदेखी निरन्तर अटो नेपाल, मासिक पत्रिका निकालेर नेपालको अटो क्षेत्रमा ठूलो टेवा पु¥याएका कारण सम्मानित गरेका हुन् ।
अटो नेपालको प्रकाशन २०६४ सालदेखी भएको हो । यो पत्रिकाले उक्त समय देखी नै अटो क्षेत्रलाई व्यवस्थित बनाउनको लागी कलम चलाउदै आएको छ ।
अटो नेपालले अटो क्षेत्रको जानकारी, समस्या, सल्लाह, प्रविधी, ग्रिन इनर्जी, पर्यटकिय गन्तव्यको सडकका विषयमा जोडदार रुपमा कलम चलाउदै आएको छ ।
अटो नेपाललाई सम्मान गरेर अटो नेपालको यो क्षेत्रप्रतिको दायित्व अझै बढेको यसका सम्पादक सरोज प्याकुरेलले बताएका छन् ।
सम्मानित भएपछी निर्देशक रोशनकुमार श्रेष्ठले यो क्षेत्रमा जुनसुकै परिस्थीतिमा पनि निरन्तरता दिइरहने बताएका छन् ।
काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा करण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् ।