टाटा मोटर्स फन कार्निभलमा बम्पर पुरस्कार स्कुटर

सिप्रदी ट्रेडिङले नयाँ वर्षको अवसर पारेर आगामी शुक्रबारदेखि आइतबारसम्म ‘टाटा मोटर्स फन कार्निभल ३.०’ आयोजना गर्ने भएको छ ।

कम्पनीले विगतका वर्षहरुमा आयोजना भएका फन कार्निभलभन्दा फरक बनाउन यसपटक सहभागिहरु मध्ये एक जनालाई बम्पर पुरस्कार इलेक्ट्रीक स्कुटर दिने भएको छ ।

काठमाडौं उपत्यकामा रहेको थापाथली, महाराजगंज र वालकुमारी शोरुममा उक्त कार्निभल आयोजना हुँदैछ भने उपत्यका बाहिर इटहरी र धनगढी शोरुममा पनि हुनेछ ।

यो कार्निभलको मुल उद्देश्य गाडी किन्ने ग्राहकलाई एक्सचेन्ज, इन्टरटेन्टमेन्ट, गेम र फनको अनुभूति गर्दै गाडी किन्ने नौलो एक्सपेरियन्स प्रदान गर्नु रहेको छ ।

यो स्कीममा टाटाको कार किन्ने ग्राहकले ६ अफर पाउने छन् ।

जसमा एक्सचेन्ज बोनस, निःशुल्क फास्ट चार्जिङ सुविधा, सरप्राइज गिफ्ट, एक वर्षको सवारी कर, एक वर्षको पूर्ण बीमा र गाडीलाई चाहिने एशोसरीज दिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *