पेट्रोलियम पदार्थको मूल्य यथावत

पेट्रोलियम पदार्थको मूल्य भारतबाट सामान्य वृद्धि भएर आए पनि नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य यथावत राखेको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा ०.४१ रुपैयाँ मूल्य बढाएर पठाइएको थियो भने डिजेलमा ०.१२ र ग्यासमा प्रतिसिलिण्डर ०.२० रुपैयाँ घटाएर पठाएको थियो।

ग्यासमा प्रतिसिलिण्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६७ रुपैयाँ रहेको छ भने डिजेलको मूल्य १५७ रुपैयाँ रहेको छ। त्यस्तै ग्यासको मूल्य देशभरिक १८९५ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *