स्मार्ट चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने होन्डा डियो

होण्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग प्रालिले होन्डा डियो १२५ को बुकिङ्ग र बिक्री धमाधम भैरहेको जनाएको छ ।

१२५ सीसी क्षमताको इञ्जिनका साथ होन्डा डियो १२५ रोमाञ्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्नेमा ढुक्क रहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ’स्मार्ट’ चाबीले ’अनलक’ र ’स्टार्ट’ हुने होन्डा डियो १२५ मा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् ।

होन्डा डियो १२५ मा स्टार्ट गर्दा एकदमै कम आवाज आउने वातावरणमैत्री एसीजी प्रविधि पनि जडित छ ।

यसको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *