रूसद्वारा सबैभन्दा बढी तेल चीन र भारततर्फ निर्यात

युक्रेन द्वन्द्वका कारण पश्चिमा मुलुकले लगाएको प्रतिबन्धको करिब दुई वर्षपछि रूसले यूरोपको सट्टा चीन र भारततर्फ इन्धन निर्यात गर्न पुनः निर्देशन दिएको उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बुधबार बताएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेन आक्रमणका लागि रूसी सेना पठाएपछि पश्चिमा देशहरूले रूसको समुद्री तेल आपूर्तिमा यूरोपेली सङ्घ (ईयू) सहितका मुलुकहले विभिन्न प्रतिबन्धहरू लगाएका थिए ।

‘हामीले पहिले यूरोपमा कूल ४० देखि ४५ प्रतिशत तेल र ग्यास उत्पादन आपूर्ति गरेका थियौँ । यो वर्ष यो सङ्ख्या कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा बढी नहुने हाम्रो अनुमान छ,’ नोभाकले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

यूरोपमा आफ्नो बजार हिस्सा गुमाइरहेको बेला मस्कोले चीनलगायत अन्य क्रेताहरूलाई आकर्षित गरेको छ ।

रिपोर्ट अनुसार भारतले रूसबाट छुट पाएको कच्चा तेललाई परिष्कृत गरेर यूरोपेली ग्राहकलाई बिक्री गर्न सफल भएको छ ।

यो रूसी तेलको लागि पर्दा पछाडिको मार्ग हो र यसले यूरोपमा प्रतिबन्धहरूको प्रभावलाई कमजोर पार्ने आलोचकहरूले बताएका छन् ।

मस्कोले ईयू राष्ट्रहरूमा आफ्नो निर्यात कटौती गरेपछि रूसले पनि आफ्नो प्राकृतिक ग्याँस निर्यातको लागि नयाँ बजारहरू फेला पार्नुपरेको छ, जसले नयाँ आपूर्तिकर्ताहरूको पनि खोजी गरेको छ ।

नोभाकले सन् २०२३ मा प्रतिबन्धका बावजुद रूसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताए।

नोभाकले रूसको तेल र ग्याँसबाट यस वर्ष करिब नौ ट्रिलियन रुबल (९८ अर्ब अमेरिकी डलर) आम्दानी हुने अपेक्षा गरेका छन्।

नोभाकका अनुसार तेल र ग्यास उद्योगले रूसको कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हिस्सा ओगटेको छ, जसले रूसको निर्यात राजस्वको ५७ प्रतिशत ओगटेको छ ।

नोभाकले रूस अन्य खरिदकर्ताका लागि खुला रहेको पनि बताएका छन्।

‘विश्वमा खासगरी ल्याटिन अमेरिकी, अफ्रिकी र एशिया–प्रशान्त क्षेत्रका अन्य देश गरी धेरै मुलुकले रूसी तेल खरिद् गर्न चाहन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *