नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाटको ६५ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजना व्यवस्थापक बिष्टले बताए ।
बाँध, विद्युतगृह निर्माणको काम पचास प्रतिशत भन्दा बढी सकिएको छ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा निर्माणाधिन बाँधमा यसै महिनाभित्र खोला फर्काउने तयारी गरिएको छ।
१७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध निर्माणको काम ६० प्रतिशत भन्दा बढी सकिएको छ।
स्पिल वे र अण्डर सुलुसबाट पानी बगाएर डिसेन्डर र इन्टेक स्टक्चर निर्माणलाई तिब्रता दिन लागेको हो।
सुरुङबाट आउने पानीलाई रघुगंगा गाउँपालिका-३ पिप्ले देखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने १९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ।
विद्युतगृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर वटम प्रेसर साफ्टको सुरुङ यसअघिनै जोडिएको थियो।
अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्ट सम्मको ५४१ मिटर मध्य ४५० मिटर सुरुङ निर्माण सकिएको छ।
विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ।
विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ।
भेलसँगको ठेक्का सम्झौताको म्याद सन २०२४ नोभेम्बर महिनासम्म थपिएको छ।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने कार्ययोजनासहित काम भैरहेको जानकारी बताए।
सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तिब्रता दिएको छ।