निशानको चौथो जेनेरेसनको एक्स ट्रेल सार्वजनिक

निशानको लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निशानको चौथो जेनेरेसनको नयाँ गाडी एक्स ट्रेल नेपालमा सार्वजनिक गरेको छ ।

नेपालका सो गाडीको प्रारम्भिक मूल्य १ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

गाडीको आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिस्कृत सुरक्षाका साथ उच्चस्तरको सुविधा प्रदान गर्छ ।

नेपालमा नयाँ एक्स ट्रेल इ पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको पायोनियर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप सारडाले बताए ।

एक्स ट्रेल ठुलो, आरामदायी र बहुउपयोगी एसयुभी चाहने ग्राहकका लागि उत्कृष्ट छनोट हुनुका साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन रहेको उनको भनाइ छ ।

सिवियु र दक्षिण एसिया व्यापार निर्यात प्रमुख रघुनाथ रैनले भने, ‘निसानको इपावर टेक्नोलोजीलाई ग्राहकले विश्वव्यापी रुपमा अविश्वसनिय रुपमा स्वागत गर्नुभएको छ, नेपालमा यो गाडी लन्च गर्दा उत्साहित छौं ।

दक्षिण एसियाको एक महत्वपुर्ण क्षेत्र नेपालमा X-Trail e-4ORCE सुरुवातसँगै नेपलका ग्राहकलाई अनुभव प्रदान गर्न पाँउदा खुसी छौं ।’

पायोनियर मोटोकर्पका जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले यो गाडी नेपालमा लोकप्रिय हुने विश्वास व्यक्त गरे।

प्रिमियम सेगमेन्ट मन पराउनेहरूका लागि यो गाडी युनिक हुने उनको भनाइ छ ।

यस नयाँ संस्करणमा निशानको एक्स ट्रेलको अघिल्लो ३ वटा जेनेरेसनमा झैं बलियो संरचना, सहज प्रविधीसहितको एसयुभी डिजाइन, लचिलो उपयोगिता र अल ह्विल ड्राइभ क्षमतासहितको पावर ट्रेन लगायतका सुविधा छन् ।

सो गाडी सात सिटर कन्फिगरेसनमा उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *