विद्युतीय साइकलमा सडक कर १० हजार रुपैयाँ लाग्ने

 भन्सार विभागले स्कुटर जस्तै देखिने इलेक्ट्रिक साइकलमा कर लगाएको छ।

विभागको वर्गिकरण तथा पुनरावलोकन शाखाले मंसिर ४ गते भन्सार कार्यालयहरुलाई पत्राचार गर्दै इलेक्ट्रिक स्कुटर जस्तो देखिने सबै साइकलमा स्कुटर सरह राजश्व उठाउन निर्देशन दिएको हो।

विराटनगर भन्सार कार्यलय लगायतका अन्य सबै भन्सार कार्यालयहरुले विद्युतीय साइकल भनेर पैठारी भएको वस्तुको वर्गीकरण सम्बन्धमा द्विविधा भएको भन्दै भन्सार विभागलाई यसबारे कुरा स्पष्ट पार्न पत्राचार गरेका थिए।

त्यसपछि भन्सार विभागले अध्ययन गर्दा सो आयातकर्ताले विद्युतीय साइकल भनेर आयात गरेपनि विशेषता इलेक्ट्रिक स्कुटरसँग मिल्न गएको प्रतिवेदनले ठहर गरेको छ।

त्यसैले अबदेखि यस्ता विद्युतीय साइकल आयात गर्दा सडक कर लाग्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *