भारतको ईभी स्टार्टअप कम्पनी अल्ट्राभ्वाइलेटले इक्मा टु–ह्विलर शोमा नयाँ रेसिङ मोटरसाइकलको कन्सेप्ट सार्बजनिक गरेको छ ।
एफ ९९ को अपडेटेड भर्सनका रुपमा आउने सो नयाँ इलेक्ट्रिक मोटरसाइकलसंगै उसको यूरोप यात्रा सुरु हुने कम्पनीको भनाई छ ।
दुई वर्ष लगाएर तयार पारिएको सो नयाँ कन्सेप्टको अधिकांश बडी पार्ट्स कार्बन फाइवरबाट निर्माण गरिएको छ ।
साथै यसमा एयर विन्डशिल्डको साथ एक्टिभ एरोडाइनामिक लुक्स दिइएको छ । एयर ब्लेड फिचर समेत दिइएको एफ ९९ कन्सेप्टको तौल १७८ किलोग्राम रहेको छ ।
अल्ट्राभ्वाइलेटले यसलाई ४०० भोल्ट ब्याट्री आर्किटेक्चरमा तयार पारेको हो ।
सन् २०२५ देखी उत्पादन हुने अनुमान गरिएको सो नयाँ कन्सेप्टमा ९० किलोवाट पिक पावर भएको लिक्वड कुल्ड मोटर जडान गरिएको छ ।
रेसिङ थिममा तयार पारिएको एफ ९९ ले स्टार्ट गरेको ३ सेकेन्डमै शून्यदेखी १०० किलोमिटर प्रतिघण्टाको गती पकड्ने दावी गरिएको छ ।
साथै यसको टप स्पिड २६५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
– Source: Internet