अन्तराष्ट्रिय प्रचलनलाई अनुसरण गर्दै लुयान कम्पनीले नेपाल ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर एस–७० प्रोमा ग्राहकले २ दिनका लागि विशेष छुट पाउने भएका छन् ।
नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले नोभेम्वर २३ (थ्यांक्स गिभिङ डे) र (ब्ल्याक फ्राइडे) को अवसरमा ३० हजार नगद छुट दिने योजना ल्याएको हो ।
लुयानको गैह्रीधारास्थित शोरुमबाट एस–७० प्रो खरिद गर्दा नगद छुटको साथै १ वर्षको रोड ट्याक्स र आकर्षक हेल्मेट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले हालसालै नेपाल ल्याएको सो नयाँ स्कुटरमा २.२ किलोवाटको लिक्वड कुल्ड हव मोटर दिएको छ ।
साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ ।
सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।
लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको प्रोजेक्टर हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ ।
यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।