Skip to content
होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ ।
सिबी ३५० मा होन्डाले हाइनेस सिबी ३५० र सिबी ३५० आरएसको च्यासिस सेयर गरेको हो ।
सो नयाँ बाइकमा ३४८ सिसीको एयर कुल्ड सिंगल सिलिन्ड इन्जिन जडान गरिएको छ । जसको पावर २१ एचपी र टर्क २९ एनएम रहेको छ ।
सिबी ३५० मा होन्डाले आफ्नो स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम दिएको छ ।
साथै यसमा एलइडी लाइट, एसिस्ट एण्ड स्लिपर क्लच र ट्रयाक्सन कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।
सो नयाँ बाइक डिएलक्स र डिएलक्स प्रो भेरिएन्टमा उपलब्ध रहेको छ ।
जसमध्ये डिलक्स प्रोको मूल्य २ लाख १८ हजार भारु तोकिएको छ ।
होन्डाको सो नयाँ मोटरसाइकल निकट भविष्यमा नेपालमा समेत उपलब्ध हुनेछ ।
Post Views: 143