निम्बस प्रालिले इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरलाई नेपाली बजारमा भित्र्याएको छ ।
पुल्चोकस्थित ओकाया स्कुटर शोरुममा एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले शोरुमको उद्घाटन गर्दै स्कुटरको बिक्री शुभारम्भ गरेका हुन् ।
ओकाया स्कुटर नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । एकपटकको चार्जमा १४० देखि १६० किमीको रेन्ज स्कुटरले दिने कम्पनीले जनाएको छ ।
७० किमी प्रतिघन्टाको उच्च गति (भारसहित) दिने ओकाया स्कुटरले भरपर्दो, लागतमैत्री र आनन्ददायी सवारीको सुनिश्चितता प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
अत्याधुनिक प्रविधिको मोटर र उच्च क्षमताको लिथियम आयन ब्याट्रीले स्कुटरमा कडा सुरक्षा मापदण्डहरू पुरा गर्ने कम्पनीले विश्वास लिएको छ । ब्याट्री र मोटरमा समेत गरी स्कुटरमा तीन वर्षको वारेन्टी प्रदान हुनेछ ।
ओकाया स्कुटर छ वटा बेग्लाबेग्लै आकर्षक रङहरूमा उपलब्ध छन् ।
ओकाया इलेक्ट्रिक भेइकल्सद्वारा भारतमा निर्मित ओकाया स्कुटरले नेपालमा तीनवटा फरक मोडलहरू छन् ।
२ लाख ४० हजार रुपैयाँदेखि ३ लाख ७५ हजार रुपैयाँसम्मका स्कुटर नेपाली बजारमा उपलब्ध छन् ।
कार्यक्रममा बोल्दै निम्बसका निर्देशक प्रदीपकुमार अग्रवालले ओकाया स्कुटर सुरक्षित इ-स्कुटर रहेको दावी गरे ।