निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्ना भाग्यशाली ४ बिजेतालाई इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार दिने भएको छ ।
निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरु उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् ।
खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहाशिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार सारडाका अनुसार अति रोमाञ्चक खेलकुदको उत्सब क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिन कम्पनीले विगतमा झै यसपटक पनि यो उपहार घोषणा गरिएको हो ।
‘यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको छ’ उनले भने ।