महिन्द्राको तेस्रो आधिकारिक शोरूम चितवनमा

महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै पारस बसर्पाक चोक, चितवन, प्रदेश नम्बर ३, नेपालमा एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरु –स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ ।

लगालग काठमाडौंमा, इटहरी र जनकपुरधाममा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक शोरूम बनेको छ ।

नयाँ ट्विनपिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभीश शोरुमको उद्घाटनमा इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरुका उपस्थितीमा भएको थियो ।

इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

“हामी स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं ।

हामी विश्वस्त छौं कि एक्सयूभी ७०० र एक्सयूभी ३०० को सुविधाहरू र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ र यसले अनुपम ड्राइभिङ अनुभव, सुरक्षा र डिजाइनको साथ उच्चस्तरको प्रदर्शनको संयोजन गर्ने कुरामा हामि विश्वस्त छौं ।”

उद्घाटनमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार, “चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम स्थापना गरिएको हो र यस क्षेत्रमा नयाँ आधिकारिक महिन्द्रा शोरुमको स्थापना सँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनी बीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा उपभोक्तालाई अधिक्त्तम लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइनको साथ, एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने वाचा गर्दछ र उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा, सर्भिस र वास्तविक स्पेयर पार्ट्सहरू प्रदान गर्ने छ ।”

त्यस्तै, अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बरदान बस्नेतका अनुसार, “यो सुविधासम्पन्न आउटलेटले ग्राहकहरूलाई अन्तर्राष्ट्रियस्तरको सेवा सहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाउँदै निश्चित रूपमा लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।

हामीले चार छुट्टाछुट्टै शोरुमको सफल सुरुवात पछि, सिघ्र नै पोखरा, धनगढी, नेपालगन्ज, बुटवल आदि अन्य शोरुमहरू उद्घाटन गरेर नेपालमा आफ्नो उपस्थिति विस्तार गर्ने योजना पनि बनाएका छौं र यस नयाँ ट्विनपिक्स सिरिजले वाग्मती प्रदेशमा सकारात्मक बजार राख्ने कुरामा हामी आशावादी छौं ।”

यस क्षेत्रमा नयाँ ट्विनपिक्स शोरुम स्थापनाले आगामी दिनमा ग्राहक र कम्पनीबीचको विश्वासलाई थप मजबुत बनाउन र विद्यमान तथा नयाँ उद्यमीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।

यसको आधारभूत सिद्धान्तको रूपमा ग्राहक सन्तुष्टिको वरिपरि केन्द्रित, महिन्द्राको अभिनव ट्विनपीक शोरूमले वरपरका क्षेत्रमा बसोबास गर्ने ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

यसरी ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा सहितको कम्पनीमा पहुँच प्राप्त गर्न थप सुविधाजनक र आर्थिक बनाई पक्कै पनि चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *