के हो सिप्रदीको चार्जिङ एप ‘इजी’?

टाटाले एन्ड्रोइड र आईओएस दुवैमा इजी चार्जिङ एप परीक्षणपछि नेपालमा सञ्चालनमा ल्याएको छ।

टाटाको यो एप स्मार्ट इभी चार्जिङको समाधान हो, जसले टाटाका इभी चलाउनेहरुलाई तिनीहरूको गाडी पत्ता लगाउन र यात्रामा चार्ज गर्न मद्दत गर्दछ।

इजी इजेड एप इभी प्रयोग अनुभवलाई सहज र सजिलो बनाउने बारेमा हो।

टाटा पावर इजी चार्ज मोबाइल एपले टाटा पावर इभी चार्जिङ नेटवर्कमा इभी चार्जिङ स्टेसनहरू पत्ता लगाउन, विद्युतीय सवारीसाधनहरूलाई सहज रूपमा चार्ज गर्न र चार्जिङ सत्रहरूका लागि अनलाइन भुक्तानीहरू गर्ने सुविधा प्रदान गर्दछ।

सफ्टवेयर विद्युतीय सवारी (इभी) चालकहरूलाई टाटा पावर इभी चार्जिङ नेटवर्कमा चार्ज गर्नका लागि डिजाइन गरिएको हो।

जसमा सार्वजनिक, आवासीय र व्यावसायिक स्थानहरूमा इभी चार्ज गर्ने पूर्वाधार समावेश छ।

यसबाहेक, टाटाले चार्जिङ स्टेशनहरूमा प्रयोग गर्न सकिने निजीकृत इजी स्मार्ट चार्जिङ आरएफआईडी कार्डहरू पनि जारी गरेको छ। यही कार्ड प्रयोग गरी भुक्तानीदेखि सबै काम गर्न सकिन्छ।

यसरी चलाउन सकिन्छ यो एप

-आफू नजिकको इभी चार्जिङ स्टेशनहरू खोज्ने, सर्च गर्ने र पत्ता लगाउने

-त्यसपछि इभी चार्जिङ स्टेसन बुक गर्न सकिन्छ

-सेलेक्ट गरिएको इभी चार्जिङ स्टेशनमा नेभिगेट गर्नुपर्ने हुन्छ

-एपमार्फत नै चार्ज सुरु गर्न र रोक्न सकिन्छ

-एपमा लाइभ चार्जिङ स्थिति बारे सम्पूर्ण विवरण हेर्न सकिन्छ

-इसेवा वा फोनपेमार्फत इभी चार्जिङको कति पैसा भयो त्यसको भुक्तानी गर्न सकिन्छ

-एपमा नै चार्जिङ गरेर तिरेको पैसाको स्टेटमेन्ट हेर्न सकिन्छ

-लेनदेन/चार्जको सम्पूर्ण इतिहास ट्रयाक राख्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *