सिप्रदीको चार्जिङ एप ‘इजी’ बाट गर्न सकिन्छ इजी चार्ज

काठमाडौँ । नेपालमा इलेक्ट्रिक गाडीको माग बढ्दै गई रहेको छ र यसको बिक्री पनि बढ्दै छ ।

यसकारण सरकार र बिक्रेता कम्पनीहरुले धमाधम चार्जिङ स्टेशनको स्थानपना गर्न थालेका छन् ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रद्धी ट्रेडिङले नेपालका प्रमुख सहरहरूलाई जोड्ने प्रमुख राजमार्गहरूको १५० किलोमिटरभित्र पर्ने गरी १६ वटा ३० किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेशनहरू स्थापना गरेको छ। जुन मोबाइल एप इजेड चार्जिङ एपमार्फत सञ्चालन गर्न सकिन्छ ।

यी फास्ट चार्जरहरूले एसओसी (स्टेट अफ चार्ज) बाट शून्यदेखि ८० प्रतिशतसम्म मात्र ६० मिनेटमा गाडी चार्ज गर्न सक्नेछन् ।

सिप्रदीले हाल बिर्तामोड, इटहरी, लहान, ढल्केबर, मुलकोट, काठमाडौं, सिमरा, हेटौंडा, धार्के, चुम्लिङटार, पोखरा, भैरहवा, भालुवाङ, नेपालगन्ज र धनगढी जस्ता सहरमा पूर्वदेखि पश्चिमसम्म कभरिङ चार्जिङ स्टेशन राखेको छ ।

125+ 7.2 kW एसी द्रुत चार्जिङ पोर्टहरू सुविधाजनक स्थानहरू जस्तै शोरूमहरू, सेवा केन्द्रहरू, मलहरू, होटलहरू, रेस्टुरेन्टहरू र अस्पतालहरूमा रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *