फोर्स मोटर्स र रिलायन्स फाइनान्सको वित्तीय सम्झौता

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकवर्गको सुविधालाई ध्यानमा राखि रिलायन्स फाइनान्स लिमिटेडसंग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ ।

आयाम इन्टरकन्टिनेटल प्रा.लिबाट कम्पनीका अध्यक्ष डा. धु्रव थापा र रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रा.लि को सिफारिस प्राप्त ग्राहकहरुले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पुर्ण डिलरहरु र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।

फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

साथै फोर्स मोटर्सका गाडीहरु खरिद गर्न चाहाने ग्राहकहरुलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरु सार्वजनिक गरेकोे छ ।

यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५०% क्यास ब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मुल्यांकन, १ वर्षको मर्मत सम्हार खर्च र बिमा फ्री लगायतका आफरहरु सार्वजनिक गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *