सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व

तनहुँ : तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।

सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *