यूरोपेली कार ब्रान्ड स्कोडा गाडीको नेपालका लागि आधिकारिक वितरक एम ए डब्वलु एक्सपान्जेले दशैं अफर ल्याएको छ ।
‘स्कोडा फाइभ स्टार’ नामले आएको सो अफर अन्तर्गत स्कोडाको कुनैपनि मोडल खरिद गर्दा ग्राहकले ५ प्रकारका सुविधा पाउनेछन् ।
ग्राहकले फाइनान्स सुविधामा गाडी खरिद गर्दा ५ वर्षसम्म ब्याजदर स्थिर रहने सुविधा पाउनेछन् ।
यसरी गाडी खरिद गर्दा जम्मा ८.९९ प्रतिशत ब्याजदर लाग्नेछ । जुन अहिलेका लागि एकदमै न्यून दरको ब्याज हो ।
अन्य सुविधामा ग्राहकले इन्स्यूरेन्स र स्कोडा जेन्यूइन एसेसोरिज निशूल्क पाउनेछन् भने लोयल्टि बोनस समेत प्राप्त गर्न सक्नेछन् ।
साथै ग्राहकले आफूसंग भएको जुनसुकै पुरानो मोडलको गाडीसंग स्कोडाको ब्रान्ड न्यू कारसंग एक्सचेन्ज गर्न पाउनेछन् ।
स्कोडाको नेपाली बजारमा कुशाक र कोडियाक एसयुभी तथा सेडानमा स्लाभिया मोडल उपलब्ध रहँदै आएको छ ।
यी तीन मोडलमध्ये कुशाक निकै नै रुचाइएको मोडल हो भने स्लाभियालाई कम्पनीले हालैमात्र नेपाल ल्याएको हो । सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएका कारण यी कार सुरक्षित मानिन्छन् ।