फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले आउँदै गरेको चाडपर्वको उपलक्ष्यमा विभिन्न उपहार योजना ल्याएको छ ।
कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको हो ।
फोटोनका लाइट कमर्सियल गाडीहरु नेपालमा उपलब्ध गराउँदै आएको कम्पनीले फोटोनका हरेक गाडीको वुकिङमा सबै ग्राहकलाई ‘स्योरसट उपहार’ उपलब्ध गराउने जनाएको छ ।
फोटोनका जुनसुकै गाडी बुकिङ गर्ने ग्राहकले एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ ।
यसका साथै एमएडब्लू वृद्धिले बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्ने योजना ल्याएको छ ।