बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न

काठमाडौँ : बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ।

उक्त कार्यक्रम पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो ।

निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाइडी ब्लेड ब्याट्री निकै सुरक्षीत बनेको थियो ।

सीमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले विद्युतीय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा वीवाईडीको ब्लेड ब्याट्री सुरक्षित रहेको बताएका छन् ।

उनले भने, ‘वीवाईडीको ब्लेड ब्याट्रीले सुरक्षलाई पुनः अगाडी ल्याउँदैछ, ब्याट्री उद्योगहरुले धेरै कम महत्वको साथ काम गरेका हुन्छन् । यसले गर्दा उद्योगीहरुलाई उचित मार्गनिर्देशन दिनेछ ।’

मिडियालाई देखाइएको परिक्षणमा एनसीएम ब्याट्री र बीवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो।

सुरक्षीत डोम भित्र परिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो। तर, त्यही प्वालपार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगोलाग्ने वा पड्कने केही भएन।

ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो। जबकी अन्य एनसीएम ब्याट्री ५०० डिग्री पुगेको थियो भने उआगो लागेको थियो ।

साथै तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा आउने भएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।

निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ।

यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ। त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ।

ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ। अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *