सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ ।
आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ ।
‘मूल्य वृद्धि फिर्ताको समाचार सुनेका छौं,’ निगमका एक अधिकारीले भने, ‘तर, मन्त्रिपरिषद्को पत्र प्राप्त नभएसम्म मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन्न । मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन केही समय लाग्छ ।’