बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) गरेको छ ।
काठमाडौंमा भएको सो टेष्ट कार्यक्रममा एनसीएम ब्याट्री र बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो ।
सुरक्षित डोम भित्र गरिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज सहित पड्केको थियो भने ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने केही भएन ।
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेड मात्र पुगेको थियो ।
जबकी एनसीएम ब्याट्री ५०० डिग्रीसम्म पुगेर आगालागी भएको थियो ।
निकै स्मार्ट र स्लिम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त गर्ने हुँदा सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।