होण्डाको दश लाख योजना सार्वजनिक

काठमाडौँ : होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दसैँमा दश लाख” नामक उपहार योजना ल्याएको आएको छ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्ने अवसर पाउनेछन् ।

यसका साथै “Choose Your Scheme” अर्न्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड वा रु. १२,५०० बराबरको ५ वर्षे AMC Package पाउन सक्नेछन् ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “रु. १ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहेको छ ।

यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *