रोयल इनफिल्डका राइडरहरुबाट सहयोग वितरण

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुनुभएको थियो । यसपटक पनि वान राईड बिश्वभर एकै दिन आयोजना गरिएको थियो ।

यस राइडको नारा : One Mission World | One World | One Ride रहेको थियो ।

वान राईड २०२३ कार्यक्रम यही भदौ ३१ गते विहान ६ बजे रोयल इनफिल्ड सोरुम नक्साल बाट सुरु भएर लाकुरे पुगेर समापन गरिएको थियो ।

उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना सहभागीहरुलाई दिइएको थियो ।

नेपालमा काठमाडौं लगायत १३ शहरमा सम्पन्न भएको थियो।

देशको ग्रामिण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्धत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्धेश्य अनुसार लाकुरेमा रहेको श्री बासुकि मा. वि. आधारभुत विद्यालयका सबै विद्यार्थीहरुलाई हुने गरी खेलकुद र म्युजिकल इन्टुमेन्ट र केहि नगद सहयोग वितरण गरिएको थियो ।

खेलकुद साम्रगी हस्तान्तरण कार्यक्रममा लाकुरेका वडा अध्यक्ष, बिद्यालयका प्रधनाधापक, लाकुरेका समाजसेबी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधी, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीसमेत सहभागी हुनुभएको थियो ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासक ३५० तथा मेटीअर ३५०, हिमालयन Scram 411, Hunter 350 मोटरसाइकलका साथै १०० भन्दा धेरै सहभागी भएका थिए ।

वान राइडको पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो ।

बिश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने र PURE RIDE को उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।

यसरी शुरु गरिएको राइड बिश्वमा दुईपांग्रे सवारीको सबैभन्दा ठुलो राइडमा गणना हुन थालेको छ । बार्षिक रुपमा रोयल इनफिल्डको समुदायमा सबभन्दा ठुलो कार्यक्रम मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *