लायन्स क्लबद्धारा निःशुल्क आँखा शिविर

मैतीदेवी स्थित अल्बर्ट इङ्लिस बोर्डिङ स्कुलमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे अन्तर्गत रिजन १२ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सले आयोजना गरेको कार्यक्रममा विद्यालयका बालबालिका र अन्यको गरी ४०३ जनाहरुले आँखा जाँच गराएका थिए ।

तिलगंगा आँखा अस्पतालका अनुभवी चिकित्सकहरुले आँखा जाँच गरेका थिए । साथै निःशुल्क औषधी वितरण पनि गरिएको थियो ।

सहयोगी महिला जागरण मञ्चले व्यवस्थापन गरेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं बनस्थली, लायन्स क्लब अफ काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं न्यू इन्नोभेटिभ, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल्स गरी ७ वटा क्लबहरुले संयुक्त रुपमा सहयोग गरेका थिए ।

निःशुल्क आँखा शिविर कार्यक्रमलाई निरन्तरता दिँदै अब अर्को कार्यक्रम काभ्रे जिल्लाको स्कुल खोपासीमा गर्ने योजना रहेको जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

जोन चेयरपर्सन श्रेष्ठले भने हामी सेवामा तल्लीन छौं, अब छिटो नैं काभ्रे जान्छौं ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आँखाको स्वास्थ्यर्लाइ लक्षित गरी कार्यक्रम गरिएको निःशुल्क आँखा जाँच शिविरमा लायन्स क्लब इन्टरनेसनल ३२५ जेका सिनियर लायन्स लिडरहरु पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *