सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक

– प्रकाश शरण महत, अर्थमन्त्री

भृकुटीमण्डपमा सञ्चालन भएको १५ ओैं संस्करण नाडा अटो शो २०२३ को उद्घाटन समारोहमा बोल्दै

अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रमा आएको समस्या कम हुने बताएका छन् ।

उनले भने हरेक क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो ।

आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् ।

पर्यटन आगमन बढेको छ, अर्थमन्त्री महतले भने, लामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ ।

पक्कैपनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।

पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ ।

अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ ।

यसका लागि व्यवसायीहरु अघि बढ्नुपर्छु, उनले भने ।

सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *