सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक

प्रकाश शरण महत, अर्थमन्त्री

भृकुटीमण्डपमा सञ्चालन भएको १५ ओैं संस्करण नाडा अटो शो २०२३ को उद्घाटन समारोहमा बोल्दै

अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्रमा आएको समस्या कम हुने बताएका छन् ।

उनले भने हरेक क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो ।

आर्थिक समस्याहरु क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक गतिविधिहरु चलायमान हुँदै गएका छन् ।

पर्यटन आगमन बढेको छ, अर्थमन्त्री महतले भने, लामो समयसम्म समस्याकै रुपमा रहेको जग्गाको कित्ताकाट समेत खुलेको छ ।

पक्कैपनि यसले आर्थिक चलायमान बनाउन सहयोग पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।

पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ ।

अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ ।

यसका लागि व्यवसायीहरु अघि बढ्नुपर्छु, उनले भने ।

सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *