नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी भदौ १५ देखि १७ गतेसम्म

काठमाडौंको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, एक्जिभिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर एण्ड इम्पोटर्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा भदौ १५ देखि १७ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुने भएको हो।

आयोजकका अनुसार आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग विभिन्न विद्युतीय माध्यमहरूबाट बढाइ देशलाई आर्थिक रूपमा सबल बनाउँदै लान र ऊर्जा तथा विद्युत् व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ उक्त प्रदर्शनी आयोजना हुनेछ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीको स्टल रहने छ ।

विद्युतीय सवारी  प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यसक्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

यस्तै प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा, आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक स्विचहरू, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *