मोटरहेडको महाचाड – महावचत अफर

मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको छ ।

विगत ७ वर्ष देखि डर्ट, क्याफे रेसर तथा स्क्र्याम्बलर सेगमेन्ट अन्तर्गतका बाइकहरु नेपाली वजारमा उपलब्ध गराउँदै आएको एसएलआर टेक्नो एन्ड ट्रेडले धोबिघाटस्थित आफ्नो शोरुम तथा सर्भिस स्टेसनबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

त्यसैगरी उपत्यका बाहिर हाल इटहरी, हेटौंडा, वुटवल, पोखरा, बाग्लुङ्ग, विर्तामोड र कावासोती तथा विकट जुम्ला बजारमा समेत आफ्नो डिलर मार्फत बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले सो अफर अन्तर्गत आफ्ना मोडल इयरका आधारमा फरक अफर प्रस्तुत गरेको छ, जसमा २०२१ मोडल इयरका खरिदमा सिधै १ लाख सम्म छुट र २०२२ का मोडलहरुमा २५ हजार देखि ३५ हजार सम्मको छुटको अफर सार्वजनिक गरेको छ ।

यी बाहेक २०२२ अन्तर्गतको बाइक खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली विजेतालाई आफूले तिरेको सम्पूर्ण रकम फिर्ता पाउने गरी बम्पर अफरको व्यवस्था पनि गरेको छ ।

यो अफर छठसम्म कायम रहने जानकारी कम्पनीले दिएको छ ।

हाल नेपाली बजारमा मोटरहेड ब्रान्डका एमएच १५०आर, एक्स–टर्क २२३, टेक्कन २५०, टेक्कन आर २२३, स्पोर्ट्स २२३ र स्क्र्याम्बलर गरी ६ विभिन्न मोडलका बाइकहरु उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *