नेपालभर सुजुकी जिम्नीको डेलिभरी

नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्ट जेनले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतीक्षित एसयूभी जिम्नीको डेलिभरी नेपालभर रहेका शोरुमबाट शुरु गरेको छ ।

‘द अल्टिमेट अफ रोडर’ भनिने जिम्नी नेपालको सबैभन्दा प्रतीक्षित गाडी मध्ये एक भएको कम्पनीको भनाइ छ ।

ट्रयु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासत कायम गरेकोमा गर्व गरिने समेत कम्पनीको भनाइ छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एङगल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

यो एसयूभी एक समर्पित उन्नत फोर ह्विल ड्राइभ प्रणाली, अल ग्रिप प्रोका साथ आउछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्री लिंक रिजिड एक्सल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको छ ।

अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ ।

५ ढोके सुजुकी जिम्नीको भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिङ पिरियड पनि निकै लामो छ ।

कम्पनीका अनुसार यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरिएको र यसको फलस्वरुप भारतमा भन्दा कम वेटिङ पिरियडमा पहिलो ब्याच डेलिभर गरिएको हो ।

नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्ने कुरामा विश्वस्त भएको बताउदै त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरु पनि निकट भविष्यमा लन्च गर्ने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *